एजेन्सी- अष्ट्रेलिया र न्युजल्याडमा सम्पन्न विश्वकप पछि भारतले ८६ एकदिवसीय खेल खेलेको छ । भारले खेलेको ८६ खेलमा ओपनर ब्याट्सम्यान द्वोय रोहित शर्मा र शिखर धवन तथा कप्तान विराट कोहलीको उत्कृष्ट प्रदर्शन रहेको थियो । त्यसैले पनि २०११ पछि विश्वकप जिताउने जिम्मेवारी यी तीन खेलाडीको काँधमा रहेको विश्लेषकहरुले बताएका छन् ।
पछिल्लो चार वर्षमा शीर्षक्रमका ब्याट्सम्यानले मध्यक्रमका ब्याट्सम्यानको तुलनामा ६ हजार ३० रन बढी बनाएका छन् । यस दौरान शीर्षक्रमका ब्याट्सम्यानले ४५ शतक प्रदार गर्दा मध्यक्रमका ब्याट्सम्यानले मात्र ६ शतक प्रहार गरेका छन् ।
विराट, रोहित र शिखर तीनैले मध्यक्रमका ब्याट्सम्यानले बनाएको ३५ अर्धशतक भन्दा लगभग दोब्बर अर्थात ६७ अर्धशतक बनाएका छन् । यसबाट विश्लेषण गर्न सकिन्छकी मे ३० बाट इंग्ल्याण्डमा सुरुहुने विश्वकप क्रिकेटको सफलतामा यी तीन खेलाडीको भूमिका महत्वपूर्ण रहने छ ।
पछिल्लो चार वर्ष
भारतले पछिल्लो चार वर्षमा खेलेका ८६ एकदिवसीय खेल मध्यबाट ५६ खेल जितेको छ । यसको मुख्य श्रेय शीर्षक्रमका ब्याट्सम्यानलाई जान्छ । भारतले यी खेलका लागि शीर्षक्रमका तीन खेलाडी गरी १४ खेलाडीको प्रयोग गरे ।
जसले कुल १३ हजार ५५ रन बनाए । यसबीच मध्यक्रमका २४ खेलाडीले मात्र ७ हजार २४ रन जोडेका छन् । पछिल्ला चार वर्षमा खेलेका खेल मध्य ६५ खेलमा रोहित, शिखर र विराटले शीर्षक्रममा खेलेका थिए ।
मध्यक्रम धोनीको भरमा
भारतीय क्रिकेट टोलीको मध्यक्रम अर्थात चार नम्बरदेखी सात नम्बरसम्मका ब्याट्सम्यानको जिम्मेवारी खासगरी पूर्वकप्तान महिन्द्र सिंह धोनीको काँधमा छ । उनले पछिल्लो विश्वकप पछि ७९ एकदिवसीय खेल खेलेका छन् ।
चार वर्ष यता ४४.४६ स्ट्राइक रेटमा खेलीरहेका धोनीले २ हजार एक रन बनाएका छन् । जसमा एक शतक र १३ अर्धशतक समावेश छन् । धोनी पछि चार वर्ष यता एकदिवसीय क्रिकेटमा एक हजार रन पुरा गर्ने केदार जाधव छन् । उनले ५८ खेलमा ११ हजार ५४ रन जोडेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४