सोमबार, चैत ३०, २०८२

एलिसनको डेब्यु चर्चा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- यसै सिजनको सुरुवातमा रोमाबाट इंग्लिस प्रिमियर लिग क्लब लिरभपुलमा अनुबन्ध भएसँगै चर्चामा रहेका गोलरक्षक एलिसन पुनः चर्चामा छन् । यतिबेला एलिसन लिभरपुलमा आफ्नो डेब्यु प्रदर्शनका कारण चर्चामा रहेका हुन् । 

यसअघि उनी लिभरपुलमा अनुबन्धित हुँदै विश्वकै सबैभन्दा महंगो गोलरक्षक बनेका थिए । उनी रोमाबाट विश्व कीर्तिमानी मूल्य ७२ मिलियन युरोमा लिभरपुलमा अनुबन्धित भएका थिए । एलिसनले लिभरपुलका लागि जारी सिजनमा एक आश्चर्यजनक प्रदर्शन गरेको भन्दै विश्व फुटबलमा चर्चा चलेको हो । 

उनले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुग्न महत्वपूर्ण भूमिका खेले । जहाँ उनी च्याम्पियनस लिगको फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त गरेको क्लबले जनाएको छ । २६ वर्षीय ब्राजिलियन गोलरक्षक एलिसनले लिभरपुलका लागि प्रिमियर लिगका ३८ खेल खेले । 

सबै खाले ५० खेल खेल्दा उनले २६ उत्कृष्ट बचाउ समेत गरे । प्रिमियर लिगमा उत्कृष्ट २१ गोल बचाएका एलिसनले प्रिमियर लिग गोल्डेन ग्लोव अवार्ड जितेका थिए । उनले प्रिमियर लिगमा सतप्रतिशत पेनाल्टी बचाएका थिए । 

एलिसनको लिभरपुलका समर्थकलेसमेत छोटो समयमा प्रसंशा गरेका छन् । समर्थकले उनको प्रदर्शनलाई लिएर सामाजिक संजालमासमेत प्रसंशा गरिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।