शनिबार, साउन २३, २०८३

आयाक्स लिग च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- डच क्लब आयाक्सले  नेदरल्यान्डको शीर्ष डिभिजनको घरेलु लिगको उपाधि जितेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४-१ गोल अन्तरले पराजित गर्दै पाँच बर्ष पछि लिगको उपाधि जितेको हो । पछिल्लो पटक आयाक्सले सन् २०१४ मा लिग उपाधि उचालेको थियो ।

च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको आयाक्सको यो घरेलु लिगमा ३४ औं लिग उपाधि हो । आयाक्सको जितका लागि टाडिके दुई तथा लासे शान र निकोलसले एक एक गोल गरे । यता ग्राफ्सचापका लागि युसुफले एक गोल फर्काएका थिए । 

खेलको ३७ औं मिनेटमा लासे शानले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर, ४० औं मिनेटमा ग्राफ्सचापका युसुफले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहदाँ निकोलसले गोल गर्दै पुनः आयाक्सलाई २-१ को अग्रता दिलाए । 

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा दुबै गोल टाडिकेले गरे । उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा ८७ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आयाक्सलाई ४-१ को फराकीलो जित दिलाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।