काठमाडौं- वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेटको ड्राफ्टमा नेपाली चार खेलाडीको नाम अमावेश भएको छ । सिपिएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहित अन्य तीन खेलाडी समावेश भएका छन् ।
ड्राफ्टमा सन्दीपसँगै नेपाली राष्ट्रिय टिमका तिब्रगतीबा बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल अटाएका छन् । सन्दीपले गत सिजनको सिपिएल पनि खेलको थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट सिपिएल खेलेका थिए ।
गत सिजन सिपिएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए । सिपिएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिने छ । यस पटकको ड्राफ्टमा सम्रगमा २० देशबाट कीर्तिमानी ५ सय ३६ बिदेशी खेलाडीले स्थान बनाएका छन् ।
गत वर्ष प्याट्रियट्सले सन्दीपलाई ५ हजार अमेरिकी डलर पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो । ६ टोलीको सहभागी रहने सिपिएलको यस संस्करण आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्ट इन्डिजमा चल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४