सोमबार, चैत ३०, २०८२

पिएम कप क्रिकेट जेठ ८ देखी, खेल दुई मैदानमा हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ ८ गते देखी हुने भएको छ । यसअघी जेठ १ गतेकाट हुने भनिएको पिएम कप क्रिकेट जेठ ८ गतेलाई सारिएको राष्ट्रिय खेलकुद परिसद्ले जनाएको छ । 

यसअघि प्रतियोगिताको मिति जेठ १ देखी २४ सम्मलाई तय भएको थियो । अब भने प्रतियोगिता जेठ ८ देखी २४ सम्म संचालन हुने छ । यसअघि तय भएको मिति अनुसार प्रतियोगिताका खेलहरु कीर्तिपुर स्थित टियु मैदानमा हुने भनिए पनि अब मुलपानी क्रिकेट मैदानमा पनि हुने आयोजक राखेपले जनाएको छ । 

यससँगै उद्घाटन खेल मुलपानी अन्तराष्ट्रिय क्रिकेट हुने छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।