शनिबार, चैत २८, २०८२

एसिया कप : नेपाल भारतसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
काठमाडौ- एसिया कप व्हिल चियर टी-२० क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको । टियु क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५.१ ओभरमा ४ विकेछ गुमाउँदै भेट्टायो ।

भारतको जितका लागि गौरब विश्वनाथले अविजित ५० रन जोडे । यस्तै प्रशुराम देशाईले १९, निकुलले १६ तथा सौरभ मलिकले १४ रन जोडे । नेपालका विपिन पौडेल, राजु कटवाल, यम बहादुर श्रेष्ठ र डम्बर मगरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि कप्तान डिगम सिंह चेम्जोङले अविजित ६६ रन जोडे पनि टोलीको जितका लागि प्रयाप्त भएन् । 

त्यस्तै विपिन पौडेलले ३३ तथा रमेश खत्रीले १५ रन जोडेका थिए । पहिलो पटक आयोजना भएको एसिया कप व्हिल चियर टी-२० क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।