शुक्रबार, भदौ ५, २०८३

पौडेल समूहले वडा अधिवेशनअघि नै सभापतिको साझा उम्मेदवार तय गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन सुरु हुनु अगावै सो समूहबाट केन्द्रीय सभापतिका लागि साझा उमेदवार तय गर्ने भएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौंं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन सुरु हुनु अगावै सो समूहबाट केन्द्रीय सभापतिका लागि साझा उमेदवार तय गर्ने भएको छ। पौडेल पक्षका सभापतिका आकांक्षीहरुले सोमबार भएको छलफलमा वडा अधिवेशन अगावै सभापतिको साझा उमेदवार तय गर्ने सहमति गरेका हुन्।

‘सभापतिका आकांक्षीसहित हामी छलफलमा जुटेका थियौं। वडा अधिवेशनअघि नै साझा उम्मेदवार तय गर्ने सहमति जुटेको छ,’ छलफलमा सहभागी एक नेताले भने।

नेता बलबहादुर केसीले साझा उमेदवार तय गर्नका लागि निरन्तर छलफल गर्ने सहमति भएको बताए।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला, डा. शेखर कोइराला लगायतका नेता सहभागी थिए ।

नेता बलबहादुर केसीले साझा उमेदवार तय गर्नका लागि निरन्तर छलफल गर्ने सहमति भएको बताए। बैठकमा सरकार सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल भएको थियो। शक्ति सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँड गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जिम्मा रामचन्द्र पौडेललाई दिइएको छ।

आकांक्षीहरु धेरै हुँदा पौडेल समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन कठिन भएको छ। कांग्रेसले आगामी मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रकाशित: Aug 23, 2021| 12:57 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...