एजेन्सी- फ्रान्सेली तथा स्पेनिस ला लिगा क्लबका स्ट्राइकर एन्टोइन ग्रिजमनले एट्लेटिको मड्रिड छोड्ने घोषणा गरेका छन् । ला लिगा क्लब मड्रिड ५ बर्ष विताएका उनले शनिबार लेभान्टेविरुद्ध हुने खेल एथ्लेटिकोबाट आफ्नो अन्तिम खेल हुने बताएका हुन् ।
यससँगै उनी अर्को ला लिगा महरथी क्लब बार्सिलोनासँग नजिकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् । ग्रिजमनलाई अनुबन्ध गर्न बार्सिलोनाले १२० मिलियन युरो खर्च गर्न तयार रहेको बताइएको छ ।
गत सिजन पनि ग्रिजमनले क्लब छोड्ने तयारी गरेको र बार्सिलोनामा अनुबन्ध हुने हल्ला चलेको थियो । यती सम्मकी बार्सिलोनाले उनलाई डिसम्बर २०१७ मा नियम विपरित अनुबन्धको प्रयास गरेको थियो । तर, गत सिजन उनी एट्लेटिकोमै रहेका थिए ।
यस सिजनको अन्त्यमा भने उनी क्लबका अध्यक्ष मिगुएल एन्जल गिल र प्रशिक्षक डिएगो सिमोनीसँगको सल्लाह अनुसार नै क्लब छाड्ने घोषणा गरेको बताइएको छ । क्लब छोड्ने घोषणा गरेसँगै उनले सामाजिक सन्जालमा सबैलाई धन्यवाद दिएका छन् ।
जारी सिजन ला लिगाका ३६ खेलमा १५ गोल गरेका उनले सबै खाले ४७ खेलमा २१ गोल गरेका छन् । उनले एट्लेटिकोमा ५ सिजन बिताउँदा सबै खाले २५६ खेल खेल्दा १३३ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४