शनिबार, चैत २८, २०८२

‘...त्यसैले त रोनाल्डो रियल हिरो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो थुप्रैको मनमा राज गर्न सफल व्यक्ति हुन् । जसरी रोनाल्डो गोलका लागि हिरो कहलिएका छन्, त्यसरी नै समान सेवाका क्षेत्रमा पनि हिरो सावित भएका छन् । रोनाल्डो मैदानमा क्लब जितउन विपक्षी टोलीको गोल पोस्टमा गोलको वर्षा मात्रै गर्दैनन्, उनी समाज र पिडित व्यक्तिको घाउमा मलमपट्टी लगाउन पनि त्यती नै सिपालु छन् । 

भर्खरै मात्र युभेन्ट्सका सुपरस्टार खेलाडी रोनाल्डोले १० वर्षीय बालकको उपचार खर्च दिँदै महान कार्य गरे । ब्रिस्टलमा रहँदै आएका १० वर्षीय जोसेफ नामक बालकले २०१३ देखी आफ्नो उपचार गर्दै आइरहका थिए । लामो समयदेखी उपचार गर्दै आएका जोसेफ आर्थिक अवस्थाले निकै ग्रसित बनेका थिए । उपचार गर्दा-गर्दा थाकेका जोसेफ जीवनदेखी आजित बनिसकेका थिए । 

आर्थिक अभावकै कारण उपचार गर्न नसक्ने अवस्थानमा पुगेका उनी जीवनसँग हारिसकेका थिए । उक्त कुरा रोनाल्डोले थाहा पाएपछि जोसेफको उपचारमा सहयोग गरे । रोनाल्डोको सहयोगबाट उपचार सम्भव भएपछि जोसेफ स्वस्थ भए र रोनाल्डोप्रति कृतज्ञ छन् । 

जोसेफको स्वास्थेमा सुधार भैसकेपछि रोनाल्डोले उनी र उनको परिवारलाई इटालीमा बालाएरै भेट गरे । रोनाल्डोले रोमासँगको खेलका लागि प्रशिक्षणमा रहेकाले जोसेफ र उनको परिवारलाई प्रशिक्षण स्थलमै बोलाएर भेटेका हुन् । जसले जोसेफलाई झनै खुशी तुल्यायो भने जीवनप्रति थप आसाबादी बनायो । 

रोनाल्डोसँगको भेटपछि जोसेफले ट्विट गर्दै रोनाल्डोलाई धन्याबाद दिएका छन् । ‘मेरो सोच जिवित राख्न र उपचारका लागि रोनाल्डोलाई धन्याबाद,’ उनले लेखेका छन्, ‘रोनाल्डोसँग भेट गराउन सहयोग गर्ने सबैलाई धन्याबाद ।’ उनले अर्को ट्विटमा रोनाल्डो एक वास्तविक च्याम्पियन भएको उल्लेख गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।