शनिबार, चैत २८, २०८२

आज मनाङले घरेलु मैदानमा पन्जावको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एएफसी कप फुटबल अन्तर्गत आफ्नो चौथो खेलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आज (बुधबार) भारतीय आई लिग च्याम्पियन क्लब मिनर्वा पन्जावसँग खेल्दैछ । मनाङले आफ्नो घरेलु मैदानमा पन्जावको सामना गर्न लागेको हो । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

यसअघि पन्जावको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले बराबरी खेलेका थिए । पहिलो भेटमा २-२ को बराबरी खेलेका यी दुबै टोली दोस्रो खेलमा स्पस्ट जित निकाल्ने लक्ष्यमा साथ मौदनमा उत्रिने छन् । 

हाल सम्म तीन खेलमा दुई खेलमा पराजति र एक खेल बराबरी खेलको मनाङ पहिलो जितको खोजीमा छ । उक्त जितको सुरुवात आफ्नो घरेलु मैदानबाट गर्न चाहन्छ । प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा महत्वपूर्ण तीन अंकका लागि खेल्ने बताका छन् । 

यता पन्जाव पनि मनाङलाई उसैको घरेलु मैदानमा हराउन चाहन्छ । तीन खेलका तीनवट खेल बराबरी खेलेको पन्जाव पनि आफ्नो पहिलो जितेको खोजीमा छ । समूह ई मा रहेका यि दुबै टोलीले जित विहिन छन् । 

मनाङले ३ खेलमा १ अंक जोड्दै अंक तालिकाको पुछारमा छ भने मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । २ खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अंकका साथ शीर्ष स्थानमा छ  भने समान एक एक खेलमा जित, हार र बराबरी खेलेको बंगलादेशी लिग च्याम्पियन क्लब अवहानी लिमिटेड ४ अंक सहित दोस्रो स्थानमा छ । समुह ई को विजेता टोलीले अघिल्लो चरणको यात्रा तय गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।