शनिबार, साउन २३, २०८३

प्रथम मेयर कप उमेर समूह बुद्धिचाल जेठ पहिलो साता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - २४ औँ महानगर दिवस प्रथम मेयर कप उमेर समूह बुद्धिचाल प्रतियोगिता जेठ पहिलो साताबाट सुरु हुने भएको छ। काठमाडौं महानगर पालिका वाडा नं. २४ द्वारा आयोजित यु-१२ तथा यु-१६ बुद्धिचाल प्रतियोगिता जेठ पहिलो साता हुने आयोजकले एक पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको हो।

जेठ ३, ४, र ५ गते गरि तीन दिन सम्म चल्ने प्रतियोगितामा १५० भन्दा बढी खेलाडीको सहभागिता रहने विश्वास रहेको आयोजकले बताए। तिन समुहमा संचालन हुने प्रतियोगितामा खेलाडीले यु-१२ छात्रा र छात्र तथा यु-१६ छात्र रछात्रा खुल्लामा प्रतिस्पर्धा गर्ने छन्। 

कुल अनुमानित लागत ४ लाख ५७ हजार ५ सय खर्च लाग्ने प्रतियोगिताको तीन वटै समूहको विजेताले समान ३० हजार प्राप्त गर्ने छन्। त्यस्तै तिनै समुहको उपविजेता र तेश्रो हुनेले क्रमश: १५ हजार र १० हजार प्राप्त गर्ने छन्। तिनै समुहमा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। 

प्रतियोगिता संचालनका लागि काठमाडौं महानगर पालिकाले १ लाख ५० हजार प्रदान गर्ने छ भने बाँकी खर्च वडा नं. २४ ले बेहोर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।