शनिबार, चैत २८, २०८२

अल्टीच्यूड ट्री-एड्‍भेन्चर कम्पिटिसन सम्पन्‍न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – नेपाली सेनाद्वारा दोस्रो पटक आयोजित राष्ट्रिय स्तरको 'दोस्रो सेना प्रमुखहरुको हाइ अल्टीच्यूड ट्री-एड्‍भेन्चर कम्पिटिसन २०७६’ को मुस्ताङको जोमसोमस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा बलाधिकृत रथी शदर कुमार गिरीलको प्रमुख आथित्यतामा सम्पन्न भएको छ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमलगायत २० टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ क्लाईम्विङ्ग १०० मिटर, रनिङ्ग ४‍.७५ कि.मि. र साइक्लिङ्ग १५.३५ कि।मि। गरी जम्मा २०.२ कि।मि।को निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘ए’ ले १ घण्टा १९ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै प्रथम भएको छ। यस्तै सशस्त्र प्रहरी बलले १ घण्टा १९ मिनेट ५२ सेकेण्डमा पुरा गरी द्वितिय र त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ ले १ घण्टा २४ मिनेट १९ सेकेण्डमा पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भयो। 

महिलातर्फ सशस्त्र प्रहरी बलको टिमले १ घण्टा ४५ मिनेट ५४ सेकेण्डमा पुरा गरी प्रथम स्थान हासिल गर्दा हिमालयन गोर्टस टिमले १ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पुरा गरी द्वितिय र त्रिभुवन आर्मी क्लबको टिमले १ घण्टा ५३ मिनेट १६ सेकेण्डमा पुरा गरी तृतिय स्थान हासिल गर्योत। 

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने पुरुष तर्फका टिमलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३०हजार र २० हजार प्रदान गरियो। यस्तै महिला तर्फका टिमलाई क्रमशः नगद पुरस्कार १५ हजार, १० हजार र ५ हजारसहित ट्रफि, पदक तथा प्रमाण प्रदान गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।