एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीले बाँडेका छन् । आइतबार प्रिमियर लिग सम्पन्न भएसँगै लिगको गोल्डेन बुट अवार्ड लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङले बाँडेका हुन् ।
प्रिमियर लिगमा यस सिजन तीनै खेलाडीले समान २२ गोल गर्दै गोल्डेन बुट अवार्ड बाँडेका हुन् । आबुमियाङ र मानेले आइतबार भएको अन्तिम खेलमा दुई गोल गरेका थिए ।
गत संस्करण मोहमद सलाहले गोल्डेन बुट अवार्ड जितेका थिए । यसै गोल्डेन ग्लोभ्सको अवार्ड लिभरपुलका किपर एलिसन बेकरले जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४