शनिबार, साउन २३, २०८३

सिटी प्रिमियर लिग च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन भएको छ । आईतबार भएको  लिगको अन्तिम खेलमा ब्राईटनलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिटीले प्रिमियर लिगको उपाधि जितेको हो । 

ब्राईटनको घरेलु मौनमा भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राइटन पराजित भएको हो । खेलको २७ औं मिनेटमा घरेलु टोलीले मुरेको गोलबाट अग्रता लिएको थियो । 

तर, २८ औं मिनेटमा सर्जियो अग्युरोले खेल बराबरीमा ल्याए । ३८ औं मिनेटमा लापोर्टीले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि दास्रो हाफमा थप दुई गोल गर्ने क्रममा ६३ औं मिनेटमा रियाद महरेजले गरे । 

त्यस्तै ७२ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए । सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझायो । सिटीको बराबरी वा हारले उपाधि लिभरपुलले जित्ने सम्भावना थियो । 

तर अन्तिम खेलमा समेत गोल बर्षा गर्दै सिटीले उपाधि रक्षा गर्न सफल रह्यो । सिटीले ९८ अंक सहित लिग उपाधि जित्यो । उपविजेता लिभरपुल मात्र एक अंकले पछाडी रह्यो ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।