शनिबार, साउन २३, २०८३

बार्सिलोनाको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- लिग च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन अर्टुरो भिदालले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । 

खेलको ३९ औं मिनेटमा भिदालले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल आत्मघाती उपहार पाएको हो । 

खेलको ८९ औं मिनेटमा गेटाफेका डिज्ने डकोनामले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २-० को जित निकालेको हो । यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले ३७ खेलबाट ८६ अंक जोडेको छ । र, बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता कायम गरेको छ ।  

त्यस्तै दोस्रो स्थानको एट्लेटिकोले सेभियासँग १-१ गोलको बराबरी खेलेको छ । आइतबार राती भएको खेलमा एट्लेटिकोले सेभियासाग १-१ को बराबरी खेलेको हो । यस बराबरीसँगै एट्लेटिकोको ७५ अंक पुगेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।