शनिबार, चैत २८, २०८२

मुम्बईले जित्यो आईपीएलको उपाधी, चेन्नाइ १ रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
हैदरावाद- चेन्नाइ सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को उपाधि जितेको छ । 

आइतबार राति भएको उपाधि भिडन्तमा मुम्बईले अन्तिम बलमा डिफेन्डिङ च्याम्पियन चेन्नाइलाई १ रनले हराउँदै उपाधी जितेको हो । श्रीलंकाली बलर लसिथ मलिंगाले अन्तिम ओभरमा घातक बलिङ गरे र चेन्नाइलाई निश्चित देखिएको जितबाट रोकेका थिए । 

चेन्नइले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा दुई रन बनाउनुपर्नेमा त्यसलाई हात पार्न नसक्दा मुम्बईलाई उपाधी सुम्पिन चेन्नइ बाध्य भयो । चेन्नइका लागि सेन वाट्सनले ८० रन बनाएका थिए । तर, त्यसले पनि उपाधि दिलाउन सकेन। 

यसअघि मुम्बईले पहिले ब्याटिङ गर्दै ८ विकेटमा १ सय ४९ रन बनाएको थियो । चेन्नाइका बलरको कसिकसाउ बलिङ अगाडि मुम्बईका अधिकास ब्याट्सम्यानले राम्रो सुरुआत लिएपनि त्यसलाई बलियो स्कोरमा परिणत गर्न सकेनन्। 

१ सय ४९ रनको लक्ष्य दिएको मुम्बईले कसिलो बलिङ गर्दै चेन्नइमाथि रोमान्चक जीत हात पार्यो । आईपीएलको उपाधि मुम्बइले यो सहित चौथोपटक हात पारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।