बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पैसा लिएर विदेश पठाउन नसकेपछि पत्नी र आठमहिने छोरीसहित आत्महत्या!

पैसा लिएर विदेश पठाउन नसकेपछि पत्नी र आठमहिने छोरीसहित आत्महत्या!

कनकाई नगरपालिका–१ मा आठमहिने छोरीसहित ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- आठ महिनाकी छोरीसहित झापामा एक दम्पतीको शव घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। कनकाई नगरपालिका–१ मा आठमहिने छोरीसहित ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।

रविन म्यान पावर एजेन्ट हुन्। थापाले भने, 'विदेश पठाइदिन्छु भनेर उनले धेरै जनासँग पैसा लिएका रहेछन्। तर विदेश पठाउन नसक्दा उनी तनावमा थिए भन्ने जानकारी आएको छ।' स्थानीय बासिन्दाले तीनै जनाले आत्महत्या गरेको जनाएका छन्। प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। थापाले भने, 'स्थानीयले आत्महत्या भनेका छन्। शिशुसहित तीनै जनाको मृत्युका सम्बन्धमा हामीले अनुसन्धान गरिरहेका छौं।'

कन्काई नगरपालिका प्रमुख पोखरेलले  भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव फेला परेको जानकारी दिए। 'भित्रबाट चुकुल लगाएको अवस्थामा शव फेला परेको छ। कुन समयमा मृत्यु भएको हो थाहा छैन ', उनले भने।
मोरङ घर बताउने एक समूहले पैसा उठाइदिन आग्रह गरेर फर्किएपछि उनले आत्महत्या गरेको बुझिएको छ। 'विदेश उड्नकै लागि उनी काठमाडौं पनि पुगे। पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएपछि रविन विदेश उड्न पाएनन्। अनि झापा फर्किएपछि ऋण कसरी तिर्ने भन्ने चिन्तामा थिए', कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले भने। उनका अनुसार काठमाडौंबाट झापा फर्किएपछि कि विदेश पठाइदिन कि  पैसा फिर्ता गर्न ताकेता गरिरहेका थिए।

कन्काई नगरपालिका प्रमुख पोखरेलले  भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव फेला परेको जानकारी दिए। 'भित्रबाट चुकुल लगाएको अवस्थामा शव फेला परेको छ। कुन समयमा मृत्यु भएको हो थाहा छैन ', उनले भने।

प्रहरीले पनि प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गर्नुको कारण अर्काले लिएको पैसा तिर्न नसक्दा उत्पन्न तनाव रहेको हुन सक्ने जनाएको छ। रविन पनि विदेश जान भनेर केही समयअघि काठमाडाैं पुगेका थिए। तर पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनी जान पाएका थिएनन्। झापा फर्केपछि उनलाई धेरैतिरबाट पैसा तिर्न दबाब आइरहेको भन्ने जानकारी स्थानीयले दिएका छन्। 

प्रकाशित: Aug 23, 2021| 11:25 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।