बुधबार, मंसिर ३, २०८२

ब्लु ड्रेसमा खुलेको प्रियंकाको रुप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – प्रियंका चोपडा आफ्नो फरक पहिरनका कारण बेला–बेला चर्चामा आउने गरेकी छिइन्। प्रियंका बलिउडमा मात्र नभएर हलिउडमासमेत आफ्नो फरक पहिचान बनाउन सफल छिन्। उनका क्रियाकलापको चर्चा बलिउडमा मात्र नभएर हलिउडमासमेत हुन्छ। 

प्रियंकाले आफ्नो फरक स्टाइल स्टेटमेन्टका कारण थुप्रैको मन जित्ने गरेकी छन्। विहे पछि उनको लुकमा बदलाव आएको छ। बुधबार प्रियंका मैनहट्टन राकफेलर सेन्टरमा टुडे शोमा सहभागी बनेकी थिइन्।

प्रियंका ३६ वर्षकी भइन्। उक्त शोमा उनी ब्लु कलरको ड्रेसमा निकै ग्ल्यामर देखिएकी थिइन्। उनलाई उक्त पहिरन निकै सुहाएको थियो। उनले जमेर पोज दिदै फोटो खिचेकी थिइन्। उनले लगाएको ब्लु कलरको सुट, पाइन्ट र जुत्ताको ब्यालेन्स पनि निकै मिलेको थियो।

उनका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने ती तस्बिरहरुलाई शुभचिन्तकहरुले पनि निकै मन पराएको प्रतिक्रिया दिइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्