बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको बक्यौता भुक्तानी गर्न ६ किसान संगठनको माग

उखु किसानको बक्यौता भुक्तानी गर्न ६ किसान संगठनको माग

चिनी उद्योगीले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउन विभिन्न किसान संगठनले माग गरेका छन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- चिनी उद्योगीले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउन विभिन्न किसान संगठनले माग गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै विभिन्न ६ किसान संगठनले उद्योगीले तिर्न बाँकी रहेको उखु किसानको रकम भुक्तानी गर्न माग गरेका हुन्।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्।

उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत पाउनुपर्ने सम्पूर्ण रकम एकमुष्ट उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। तत्काल भुक्तानी नगरिएमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रिने उनीहरूको चेतावनी छ।
‘बेचिएको वस्तुको वर्षौसम्म भुक्तानीसमेत प्राप्त गर्न नसक्नुले किसानहरूको थप शोषण मात्रै भइरहेको छैन, उनीहरूका चहराइरहेका घाउमाथि नून-चुक थप्ने काम निरन्तर हुँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। उखु उत्पादक किसानहरूले आफ्नो मेहनतबाट उत्पादित वस्तु चिनी मिल तथा अन्य व्यापारीहरूलाई विक्री वितरण गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद् कुरा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशित: Aug 23, 2021| 07:34 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।