सोमबार, जेठ १८, २०८३

पारिवारिक झगडा मिलाउन गएका छिमेकीको हत्या

परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सुम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डिएसपी श्रेष्ठको भनाइ छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८
National life
Shivam cement

विराटनगर– मोरङको मिक्लाजुङमा पारिवारिक झगडामा छिमेकीको हत्या भएको छ मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गर्दा लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताए। परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सुम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डिएसपी श्रेष्ठको भनाइ छ। उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिबार राति ११ः ४५ बजेतिर मृत्यु भएको हो। छिमेकमा डेरा गरेर बस्ने मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमती निरुताबीच झगडा भएको सुनेर लिम्बू भदौ ३ गते राति ८ः४० बजेतिर घटनास्थलमा पुगेका थिए। रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका थिए। बहिनी–ज्वाईंको झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर रविनको डेरामा पुगेको खुलेको डिएसपी श्रेष्ठले बताए। कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी श्रेष्ठले दिए। रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 22, 2021| 20:03 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।