शुक्रबार, जेठ १, २०८३

'नेपाल हिरो अफ ट्यालेन्ट' प्रसारणको तयारीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - नेपाल हिरो अफ ट्यालेन्ट ‘रियालिटी सो’ हुने भएको छ। उक्त रियालिटी हिमालयन एचडी टेलिभिजनबाट प्रसारण हुनेछ। कार्यक्रम एन्जल मिडिया प्राइभेट लिमिटेडले गर्न लागेको हो।

कार्यक्रममा १० हजारभन्दा बढी प्रतियोगी सहभागी हुने अनुमान छ। नेपाल हिरो अफ ट्यालेन्टको निर्णायकमा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश राई र नायिका तथा नृत्यकार एलिना बास्कोटा छन्।

यस ‘रियालिटी सो’ कुनै उमेर हद नभएको र गायन, नृत्यजस्ता अन्य  विविध प्रतिभालाई स्थान दिइएको छ। नेपाल हिरो अफ ट्यालेन्टका विजेताले ७० लाख रुपैयाँ पाउने छन् भने  फस्ट र सेकेन्ड रनर अपले क्रमशः २० र १० लाख प्राप्त गर्नेछन्। साथसाथै उत्कृष्ट १० लाई विश्व भ्रमण गराइनेछ। करिब ६ महिना चल्ने उक्त ‘सो’ २४ एपिसोडको हुने कार्यक्रममा र्मोकटिङ डाइरेक्टर समीर लामा तामाङले बताए।

बिर्तामोड, धरान, विराटनगर, गाईघाट, वीरगन्ज, चितवन र हेटौंडामा अडिसन भइसकेको छ। त्यसका लागि २५० जना छनोट भएका छन्।  वैशाख  २८–२९ पोखरामा अडिसन हुनेछ। यस्तै धादिङबेसीमा वैशाख ३१ देखि जेठ १ गते अडिसन हुनेछ। काठमाडौँमा भने  जेठ ५ देखि ७ गते सम्म हुनेछ। ‘रियालिटी सो’ जेठ ६ गतेदेखि हरेक शुक्रबार ९ देखि १० बजेसम्म प्रसारण हुने मार्केटिङ डाइरेक्टर तामाङले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्