बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छोरी बलात्कार आरोपमा सेनाका पूर्वजमदार पक्राउ

१४ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजमदारलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, भदौ ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

विराटनगर– १४ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजमदारलाई प्रहरीले पक्राउ गरेको छ।  

triton college

मोरङको बेलबारी ११ का ५१ वर्षीय पूर्वजमदारले छोरीमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी परेपछि शनिबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए। 

उनका अनुसार आरोपितलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा लिँदै घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ। ०७७ साल माघ २० गते राति आफ्नै घरमा धाकधम्की दिँदै डर देखाएर छोरीलाई बलात्कार गरेको आरोप पूर्वजमदारमाथि लगाइएको छ । 

पीडितको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पनि अघि बढाइसकिएको डिएसपी श्रेष्ठले बताए। आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

प्रकाशित: Aug 22, 2021| 18:18 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।