बिहीबार, भदौ ४, २०८३

२० हजार स्वास्थ्यकर्मी थप्दै सरकार

सरकारले देशभरका अस्पतालका लागि २० हजार स्वास्थ्यकर्मी थप गर्ने भएको छ। गरिब जनतााई सहज उपचार उपलब्ध गराउन अस्पतालहरूलाई साधनस्रोत सम्पन्न बनाउन लागिएको हो।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

चितवन– सरकारले देशभरका अस्पतालका लागि २० हजार स्वास्थ्यकर्मी थप गर्ने भएको छ। गरिब जनतााई सहज उपचार उपलब्ध गराउन अस्पतालहरूलाई साधनस्रोत सम्पन्न बनाउन लागिएको हो। 

चितवनको भरतपुर अस्पतालमा आइतबार आयोजित स्वागत कार्यक्रममा स्वास्थ्य राज्यमन्त्रीउमेश श्रेष्ठले भने, चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्ने योजना छ।’ 

सरकारी अस्पतालले स्तरीय सेवा प्रवाह गर्न नसेका कारण गल्लीगल्लीमा अस्पताल खुलेको उनको भनाइ छ। उनले अस्पतालहरूलाई पाँच–दस करोड बजेटको समस्या नहुने स्पष्ट पारे। 

राज्यमन्त्री क्षेष्ठले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्या र चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने प्रतिबद्धता दोहोर्याए।

उनका अनुसार सबै जनसंख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको छ।


प्रकाशित: Aug 22, 2021| 18:15 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।