मंगलबार, मंसिर २, २०८२

सत्यम शिवम् सुन्दरमको ‘पौरान झ्याइकुटि’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – चलचित्र सत्यम शिवम सुन्दरमको दोश्रो रोमान्टिक गीत ‘पारौन झ्याइकुटि यसैपाली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ।  

आगामी हरितालिका तिजदेखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रबार सार्वजनिक भएको हो। उक्त गीतको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन्। गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ। 

चलचित्रको मूख्य भूमिकामा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ।

देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐरको छायांकन बिपिन कटुवालको शृङार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्