शुक्रबार, जेठ १, २०८३

प्रियंका, दीपिका र सारा चुनिए ‘इन्स्टाग्रामर अफ द इयर २०१९’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ को रुपमा चुनिएकी छन्। प्रियंकाको इन्स्टाग्राम अकाउन्ट अत्याधिक फलो गरिएको छ। उनका ३९ करोड फलोअर छन्। 

प्रियंका चोपडासहित अभिनेत्री दीपिका पादुकोण र भर्खरै बलिउडमा पाइला टेकेकी अभिनेत्री सारा अली खानलाई पनि ‘इन्स्टाग्रामर अफ द इयर २०१९’को रुपमा चुनिएको छ। 

यी तीन जना अभिनेत्री वर्षभर नै इन्स्टाग्राममा सबैभन्दा बढी व्यस्त र सक्रिय रहे। साथै भारतमा यी तीनजना अभिनेत्रीहरुका साथ फलोअरहरुको सक्रियता अत्यधिक रहेको थियो। 

अभिनेत्री दीपिका पादुकोणले भनेकी छिन्, ‘म मेरा दर्शक तथा प्रशंसकहरुसँग जिउन, हाँस्न, माया गर्न र उनीहरुसँग मेरा कुराहरु शेयर गर्नका लागि हरेक दिन इन्स्टाग्राम प्रयोग गर्छु। मेरा लागि उनीहरु धेरै महत्व राख्छन्।’ उनले आफ्ना फ्यान फ्लोर्सबाट निकै माया पाएको र त्यसका लागी आफू खुशी रहेको बताएकी थिइन्।

सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यस पछि मात्रै इन्स्टाग्राममा डेब्यू गरेकी थिइन्। साराले छोटो समयमा नै सामाजिक सञ्जालमार्फत दर्शक तथा प्रशंसकहरुको अत्याधिक साथ र हौसला पाइरहेकी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्