काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा यो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै एन्टिजेन विधिबाट गरिएको ३ हजार ७३ परीक्षणबाट २१८ जनामा पोजिटिभ देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५१६ परीक्षणमा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २४८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ छ।
नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ।