शुक्रबार, जेठ १, २०८३

आशुसेनको ‘ओके छ त’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – ‘नानीको कहाँ पर्यो घर, नाम के हो के पर्यो है थर’ गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले गीतको म्युजिक भिडियोलाई आकर्षक बनेको छ। भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ।

‘हामीले यो गीतमा एउटा सुन्दर भिडियो बनाउने प्रयास र मिहेनत गरेका छाैं’, गायक आशुसेनले भने, ‘आशा छ यस अघि झै तपाइहरुको माया हामीले पाउनेछाैं।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्