शुक्रबार, वैशाख २६, २०८२

सुनिताको ‘सुनमाला’

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडौं – गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ। विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो।

गीतिसङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी पल्सका प्रमुख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए।

म्युजिक नेपालको प्रस्तुति रहेको गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन्।

सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेस सबै गीतहरु प्रस्तुत गरेकी थिइन। गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा‘’, ‘शितल हिमाली हावा‘’ ‘साथी नै चाहिँदा‘’, ‘शिर शिर सिरीरी‘’लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ। एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन्।

एक दशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ‘ए बतास‘’ बोलको गीत बजारमा आएको थियो। सो गीत इमेज अवार्डमा उत्कृटमा पर्न सफल भएको थियो। सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा यस अघि सुनिताले ‘कहिले हार कहिले जीत‘’ बोलको साङ्गीतिक सहकार्य गरेकी थिइन भने ‘सुनमाला’ दोस्रो सहकार्य हो।

जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मी, दृश्य, रोशनी र जोयसलाई फिचरिङ गरिएको छ। विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियोलाई उज्जल ढकालले सम्पादन गरेका हुन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्