बिहीबार, साउन २१, २०८३

जहाँ हरेक तीन मिनेटमा भूकम्प जान्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी – एक रिर्पोट अनुसार दक्षिण क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प जान्छ। क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी र युनिभर्सिटि अफ क्यालिफोर्निया (सेन डिएगो) को अध्ययनमा यस्तो खुलासा भएको हो। दक्षिण क्यालिर्फोनियामा २००८ देखि २०१७ को बीचमा २० लाख पटक भूकम्प आएको थियो। तर, यसको तिव्रता २.० देखि ३.० रेक्टरस्केल थियो। त्यसैले मानिसहरुले महसुस गर्न पाएनन्। रिर्पोट अनुसार यो ठाउँमा दिनहुँ चार सय ९५ पटक भूकम्प जाने गरेको छ। 

यु एस जियोलोजिकल सर्वे अनुसार ३.० रेक्टरस्केलको भूकम्प मान्छेले महशुस गर्न सक्दैनन्। सबै आ–आफ्नो काममा व्यस्त रहने कारण प्राय मानिसहरुलाई भूकम्पको झट्का महशुस हुँदैन। कम रेक्टर स्केलको भुकम्प पत्ता लगाउन वैज्ञानिकहरुले टेंपल मेचिंग प्रक्रिया अपनाएका छन्। 

स्मिोलोजीमा २००६ देखि नै यो प्रक्रिया अपनाएको देखिन्छ। त्यो समयमा हफ्ताको दुई पटक मात्र यसको प्रयोग गरिन्थ्यो। 

अनुसन्धानकर्ता जाक रोजका अनुसार टेंपल मेचिंग प्रक्रियामा डाटा स्टोर गर्न गाह्रो हुन्छ। यसको लागि ठूलो कम्प्युटर चाहिन्छ र कम रेक्टर स्केलको भूकम्प मापन गर्न ठूलो एकमुस्ट डाटा प्रयोग गर्नुपर्छ। 

यो डाटाबाट कसरी भूकम्प जान्छ भन्ने पत्ता लगाउन सकिन्छ। रोजका अनुसार टेंपल मेचिंगले केही सेकेन्डको समय दिन्छ र जस कारण बचाउको लागि उपाय निकाल्न सजिलो हुन्छ।

हार्वर्ड यनिर्भसिटीका सिस्मोलोजिस्ट मेरिन डेनोलेका अनुसार टेंपल मेचिंगबाट प्रयोग गरिएको डाटा भविष्यमा हुने अनुसन्धानमा काम लाग्नेछ। टेंपल मेचिंगको कारण हामीलाई थाहा पाउन सजिलो हुन्छ कि भूकम्प कँहा र कसरी आएको छ। आजसम्म नदेखेको फाल्ट सिस्टम पत्ता लगाउन पनि यसले मद्दत गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।