शनिबार, कात्तिक २९, २०८२

१५ जना खोटाङे कविका कविता वाचन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – रावासावा प्राज्ञिक समाज नेपालको आयोजनामा शनिबार राजधानीमा खोटाङका अग्रज १४ जना कविहरुका कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ।  कविहरु खेमरञ्जन भट्टराई (१९९५), काशी राई (१९९८), जसराज किराती (२००२), बलराम पोखरेल (२००२), मदन राई लामाखुले (२००६), राधेश्याम भट्टराई (२००६), भक्त श्रेष्ठ (२००६) ले कविता वाचन गरेका थिए।

यस्तै विश्व श्रेष्ठ (२००६), धनराज राई (२००६), शुभशेर राई (२००६), डा. विष्णु राई (२०१३), जीवराज घिमिरे (२०१६), सोनाम सोल्टी (२०१८), मनोजबाबु आशय (२०१९) लगायतले २, २ ओटा कविता वाचन गरेका थिए। बेलायती कवि जानुका राईले अतिथि कविका रुपमा कविता सुनाएकी थिइन्। सबै १५ जना कविहरुलाई समाजका तर्फबाट सम्मानसमेत गरिएको छ। 

रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कवि सुरेश हाचेकालीले स्वागत मन्तव्य र संस्थाका सदस्य कवि ओमप्रकाश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए। संस्थाका महासचिव चन्द्र रानाहँछाले सञ्चालन गरेको सो कार्यक्रममा पूर्व सांसद समीता कार्कीले आफ्ना विचार राखेकी थिइन्। 

खोटाङको उत्तरतिर रहेको रावा र दक्षिणतिर रहेको सावा नदीलाई जोडेर २०६५ सालमा स्थापना भएको रावासावा प्राज्ञिक समाज नेपाल काठमाडौामा रहेका साहित्यकार, कलाकारहरुको संस्था हो। रावासावा प्राज्ञिक समाजले साहित्यिक, सांस्कृतिक तथा प्राज्ञिक कार्यक्रम गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।