शुक्रबार, जेठ १, २०८३

माधुरीसँग यसकारण खुसी छन् आमिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई - बलिउडका सुपरस्टार अमिर खान फिल्मका अलावा सामाजिक काममा पनि अग्रपंक्तिमा रहन्छन्। उनी पत्नी किरण रावसँग मिलेर महाराष्ट्रको पानीको हाहाकार हुने इलाकामा ‘पानी’ नामक एउटा फाउन्डेसन पनि चलाउँछन्। यतिबेला भने किरण राव र अमिर खान एक मराठी सोको होस्ट गरिरहेका छन्।

यस मराठी सोको नाम ‘तुफान आलया’ हो। यस सोमा यी दुवै विभिन्न हस्तिहरुलाई बोलाउँछन्। सोमा आउने हस्तीहरुले आफ्नो जीवनका प्रेरणादायी कथाहरु भन्ने गर्छन्। हाल यो सोमा बलिउडकी सुन्दर नायिका माधुरी दीक्षित पुगेकी थिइन्। उनले आफ्नो जीवनका राम्रा नराम्रा अनुभव सुनाएकी थिइन्।

यो पानीको समस्यामा आधारित फिल्म रहेको बताइएको छ। सोमा आएपछि अमिरले सामाजिक सञ्जालमार्फत माधुरीलाई धन्यवाद दिएका छन्। सोमा आएकोमा ट्विट गर्दै अमिरले लेखेका छन्, ‘मेरो एक आग्रहमा तपार्इं सोमा आउनुभयो। यसका लागि धन्यवाद!’

‘तूफान आलया’ साप्ताहिक सो हो। अमिर र माधुरी दीक्षितको फिल्मको कुरा गर्दा उनीहरुले ‘दिल’, ‘दिवाना मुझसा नही’ जस्ता थुप्रै सानदार फिल्ममा अभिनय गरेका छन्। हाल माधुरी फिल्म ‘कलंक’ लाई लियर केही चर्चामा छिन्। यस फिल्ममा उनी लामो समयपछि सञ्जय दत्तका साथ देखिएकी थिइन्।

अमिर खानको आउँदै गरेको फिल्मको कुरा गर्नुपर्दा उनी छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ लिएर आउने भएका छन्। अमिरले आफ्नो जन्मदिनका अवसरमा यो फिल्मको घोषणा गरेका थिए। यस फिल्मको निर्देशन ‘सिक्रेट सुपरस्टार’ को डाइरेक्टर द्वैत चन्दनले गर्ने भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्