मंगलबार, मंसिर २, २०८२

सनी देवल भाजपामा प्रवेश, अमृतसरबाट चुनाव लड्‍न सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – बलिउड अभिनेता सनी देवल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। भाजपाका अध्यक्ष अमित शाहको प्रस्ताव स्विकार गर्दै सनी भाजपामा प्रवेश गरेका हुन्। केहि दिन पहिले भाजपा अध्यक्ष अमित शाह  सनी देवललाई मनाउन उनको निवास पुगेका थिए। सनीले अमितको आग्रहलाई स्वीकारेको बताइन्छ।

सनी देवलले केन्द्रीय मन्त्री पीयूष गोयल र निर्मला सीतारमणको उपस्थितिमा भाजपा पार्टीको सदस्यता लिएका छन्। सनी राजनीतिमा आएसँगै गुरदासपुर सीटबाट चुनावमा उठ्न सक्ने संभावना छ। 

अमृतसर लोकसभा सीटबाट कुनै वजनदार उम्मेदवारलाई मैदानमा उतार्न भाजपाको तयारी छ । भाजपा जुनसुकै हालतमा सनीलाई अमृतसरबाट उम्मेदवार बनाउने प्रयासमा छ। सनी अमृतसरबाट उठ्दा विजयी हुनेमा भाजपा विश्वस्त छ। सनीलाई मनाउन भारजपाका थुप्रै नेताहरुले प्रयास गरेका थिए। सनी राजी नभएपछि अध्यक्ष अमित शाह आफैले भेटेर राजपामा आउन आग्रह गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्