मंगलबार, मंसिर २, २०८२

रणवीरले दीपिकाका चप्पल किन बोके ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – दीपिका पादुकोण र रणवीर सिंह साथीको बिहे पार्टीमा सहभागी भएका थिए। यो बिहे मुम्बईमा हुँदै थियो। उक्त बिहेका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखिएका छन्। यीमध्येका एक तस्बिर   भाइरल भइरहेको छ। त्यो तस्बिर देखेर सबैले रणवीर सिंहलाई ‘प्रफेक्स’ श्रीमान् भनेका छन्।

उक्त तस्बिरमा दीपिकालाई पाहुनाहरुसँग भेटिरहेको र रणवीरलाई पत्नीको चप्पल हातमा लिएर बोकिरहेको देख्न सकिन्छ। रणवीर र दीपिकाको यो तस्बिरलाई थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मन पराएका थिए।
Deepika Padukone, Ranveer Singh

दिपीका मण्डपमा पुग्दै गर्दा चप्पल लगाएर जान सक्ने अवस्था थिएन। दीपिकाले आफ्नो सेन्डिल खोल्छिन् र अगाडि बढ्छिन्। दीपिकाले साडी लगाएकी थिइन् । त्यसैले उनले चप्पल हातमा लिइनन् । त्यही समयमा उनका पति रणवीर आएर श्रीमतीलाई मद्दत गर्दै उनका चप्पल समाते।

बिहेमा उपस्थित सयौं पाहुनाका बीचमा रणवीरले पत्नीको चप्पल हातमा समातेका थिए। उनलाई यो कुराले मान्छेले के भन्लान् भन्ने कुरामा कुनै प्रवाह नगरेको देख्न सकिन्छ। रणवीर प्रायः दीपिकाका लागि खुलेर आफ्नो प्यार दर्शाउने गर्छन्। दीपिकालाई ह्वाइट कलरको साडी पहिनेको देख्न सकिन्छ। रणवीरलाई भने कालो सेरवानीमा देख्न सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्