बुधबार, साउन २०, २०८३

एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

तस्बिर : खेलपाटी
 
दाङ- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार सम्पन्न भएको एथ्लेटिक्समा नेपाल आर्मीले सर्वाधिक २१ स्वर्ण जितेको छ । महिला र पुरुषका गरी कुल ३६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मी एक्लैले २१ स्वर्ण जितेको हो । 

यससँगै आर्मी एथ्लेटिक्समा टिम च्याम्पियन बनेको छ । आर्मीले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक जितेको हो । त्यस्तै एफिएफले ८ स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्दै टिम दोस्रो बन्यो । नेपाल पुलिसले ३ स्वर्ण ५ रजत र ४ कास्य पदक जित्यो । 

५ नं प्रदेशले १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पर्यो । १८ महिला र १८ पुरुष गरी ३६ विधाका १ सय ८ पदकका लागि खेलाडीले प्रतस्पर्धा गरेका थिए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ तथा एन.आर.एन.को सहभागिता रहेको थियो । 

नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पिएन बनेका छन् ।  ४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पिएन बनेका हुन् ।

यस्तै प्रदेश नं ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा  एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे । त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेर्कड बनाउदै पूरा गर्दै स्वर्ण जितिन् । 

त्यस्तै ३ घण्टा ५९ सेकेन्डमा दुरि पार गर्दै एपिफ कि पुस्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन् ।  म्याराथनमा पुरुष तर्फ १५ र महिला तर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।