बिहीबार, मंसिर ४, २०८२

जहाँ बाँदरले दिन्छ सान्त्वना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - कोही धेरै चकचक गर्दा, चल्दा हामी कस्तो बाँदर जस्तो चलेको भन्छौं। कसैले धेरै दुःख दिँदा समेत कस्तो बाँदर रहेछ भनेर सराप्छौं। 

तर, भारतको पश्चिमी क्षेत्र कर्नाटकको कहानी भने अलग छ। नर्गुण्ड गाउँमा एक अचम्म प्रकृतिको बाँदर छ। उक्त बाँदरले त्यस क्षेत्रमा कोही व्यक्तिको निधन भएमा उसका परिवारका सदस्यलाई सान्तावना दिने गर्छ। सामाजिक भेला, विवाह भोजमा भने उक्त बाँदर देखा पर्दैन तर, कसैको घरमा मानिस बितेमा उक्त बाँदर त्यहाँ पुगेर सान्त्वना दिने गर्छ।

हालै ६९ वर्षका हालप्पा चिक्कामनीका छोराको निधन हुँदा बाँदरले नजिकै आएर हातले थपथपाउने र अंगालो हाल्ने काम गरेको डेली स्टार युकेले उल्लेख गरेको छ। हालप्पा चिक्कामनी रुन छोडेपछि उक्त बाँदर पनि फर्केको थियो। 

एक वर्षदेखि उक्त बाँदर शोकमा परेकाहरुको घर गई सान्त्वना दिने गरेको छ। सुरुसुरुमा बाँदर त्यसरी आउँदा आश्चर्यचकित हुने नर्गुण्ड गाउँका मानिसहरु अबभने कुनै शोकको समयमा बाँदर नआए आश्चर्य मान्छन्। उनीहरु बाँदरविना संस्कार नै पूर्ण नभएको समेत मान्न थालिसकेका छन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।