बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दलित समुदायको माग बजेटमार्फत सम्बोधन हुन्छ : मन्त्री खड्का

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले दलित समुदायलाई सम्बोधन गर्ने गरि गठबन्धनको सरकारले बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्।
 |  शनिबार, भदौ ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

बुटवल- लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले दलित समुदायलाई सम्बोधन गर्ने गरि गठबन्धनको सरकारले बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्। डिग्नीटी इनिसियटिभ र अम्बेडकर सोसियल फाउण्डेशन लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको कोरोनाले दलितलाई पारेको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत बजेट ल्याएको बताउँदै नयाँ सरकारले ल्याउने बजेटमा दलित समुदायको गुनासोलाई सम्बोधन गर्ने बताएका हुन्।

triton college

मन्त्री खड्काले कोरोना महामारीले आर्थिक रुपमा विपन्न समुदायलाई ठूलो असर पारेको बताउँदै त्यसबाट प्रभावित नागरिकलाई मध्यनजर गरि सरकारले बजेटलाई संशोधनसमेत गर्ने जनाए।

कार्यक्रममा अम्बेडकर सोसल फाउण्डेशन लुम्बिनीका अध्यक्ष विनोद पहाडीले दलित समुदायमाथि कोरोनाले आर्थिक र सामाजिक दुवै रुपमा असर पारेको बताउँदै अब बजेट र निति कार्यक्रममार्फत सम्बोधन गर्न आग्रह गरे। लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले कोरोना महामारीले विपन्न, दलित तथा सिमान्तकृत समुदायलाई नै असर पार्ने भन्दै फेरी पनि सरकारले तयारीलाई मजबुद बनाउने बेला आइसकेको बताइन्।

उक्त अवसरमा कोभिड १९ ले दलित समुदायलाई पारेको असरबारे कार्यपत्र प्रस्तुत गर्दै लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले कोरोनाका कारण दलित समुदाय स्वास्थ्यसँगै आर्थिक, सामाजिक, शैक्षिक तथा विभेदबाट समेत प्रताडित भएकाले बिशेष प्याकेजमार्फत सम्बोधन गर्नुपर्ने बताए।

प्रकाशित: Aug 21, 2021| 08:23 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।