शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‘कलंक’ प्रदर्शनमा रोक

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं - बलिउड चलचित्र ‘कलंक’ को प्रदर्शनीमा चलचित्र विकास बोर्डले बुधबार रोक लगाएको छ। नेपाली चलचित्र शुक्रबार रिलिज भइरहेको ट्रेन्डमा बलिउड चलचित्रलाई पनि शुक्रबार नै लगाउने प्रस्ताव चलचित्र विकास बोर्डका अध्यक्षले गरेका हुन्।

बोर्डका अध्यक्ष केशव भट्टराईले वितरकले फिल्म सेन्सरका लागि निवेदन नआएको कारण रिलिजमा रोक लगाएको बताए। बिनानिवेदन सिफारिस सम्भव नभएको र बिनासिफरिस फिल्म सेन्सर नगरी रिलिज गर्ने नमिल्ने अध्यक्ष भट्टराईले बताए।

कलंकका वितरक मनोज राठीले बोर्डले जबरजस्ती सिफारिस नदिएको आरोप लगाएका छन्। सम्पूर्ण कागजपत्र र निवेदन पेस गरेको दाबी वितरक राठीले गरेका छन्।

अध्यक्षकै चलचित्र हलहरूमा लागिरहेको अवस्थामा व्यक्तिगत फाइदाका लागि यसरी लगाएको रोकमा असन्तुष्टि देखाएका छन्। 

राठीका अनुसार दुई हप्ताअघि हिन्दी चलचित्र ‘केशरी’ बिहीबार रिलिज भएको थियो भने गत दुई महिना अघि पनि ‘टु प्वाइन्ट ओ’ बुधबार नै भएको रिलिज भएको थियो।

हाल सिनेमा हलमा नेपाली फिल्महरू ‘यात्रा’ र  ‘ए मेरो हजुर ३’ लागिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्