शुक्रबार, जेठ १, २०८३

रामजी, शिला र छुल्टिमले ल्याए ‘बन फूल’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौँ – पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रको राज गर्दै आएका गायक तथा संगीतकार रामजी खाँणको नयाँ गीत ‘बन फुल’ सार्वजनिक भएको छ। खाँणले उक्त गीतको म्युजिक भिडियो रामजी खाँण नामक आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका हुन्।

सुजन लमसालको शब्द रचना रहेको उक्त गीतमा गायक खाँण र शिला गुरुङको आवाज रहेको छ। गीतमा खाँण आफैले संगीत भरेका छन्। कृष्ण बिकको संगीत संयोजन रहेको गीतलाई निर्देशक शिव बिकले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायांकन रहेको छ।

भिडियोमा रामजी खाँण र छुल्टिम गुरुङको दमदार अभिनय देख्न सकिन्छ। गीतमा बिकाश ज्ञवालीले सम्पादन रहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्