मंगलबार, मंसिर २, २०८२

यस्तो छ अञ्जु पन्तको ‘बाल विवाह’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ – गायिका अञ्जु पन्तको स्वरमा रहेको बाल विवाहविरुद्धको गीत सार्वजनिक भएको छ। अञ्जु भट्टराईको रचना तथा मनोज सुनुवारले संगीत भरेको गीतलाई मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।

National life

यो गीतलाई ओएसआर डिजिटलले बजारमा ल्याएको छ। नेपालमा विकराल अवस्थामा रहेको बाल विवाहविरुद्ध समाजमा जनचेतना फैलाउने उदेश्यले गीत तयार पारिएको संगीतकार मनोज सुनुवारले बताए।

‘अहिले पनि गाउँ गाउँमा बालकले नै बालक जन्माउने परिपाटी विद्यमान छ, जसले गर्दा बालक तथा बालिकाको शारीरिक तथा मानसिक विकासमा गम्भीर असर परेको छ’, सुनुवारले भने, ‘यसलाई रोक्न केही हदसम्म भए पनि गीतले सहयोग पुर्‍याउने आशा लिएका छौँ।’

अम्रित सुनुवारको निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा कलाकारहरु नयन डिसी, सुजना ढकाल, रोनिस पौडेल तथा प्रजिना लामाको अभिनय छ।

म्यूजिक भिडियोमा पछिल्लो समय प्रविधि तथा सामाजिक सञ्जालले बाल विवाहलाई प्रसय दिइरहेको कुरालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीत सार्वजनिक समारोहमा बोल्दै रचनाकार अञ्जु भट्टराईले मोवाइल तथा सामाजिक सञ्जालको प्रयोगले उमेर नपुग्दै भागी विवाह गर्ने प्रचनल बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिन्।

Laxmi sunrise bank
kumari

निमार्ताले बाल विवाहविरुद्ध तयार पारिएको यो गीतलाई नेपालकै पहिलो भनेर दाबी गरेका छन्। विश्वमा बाल विवाह उच्च भएका २० मुलुक मध्ये नेपाल सातौँ मुलुकमा पर्छ।
 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्