शुक्रबार, जेठ १, २०८३

निर्देशक राजको निधन, जसले शाहरुखलाई ‘ब्रेक’ दिएका थिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – चर्चित निर्देशक राज कुमार कपुरको ८७ वर्षको उमेरमा निधन भएको छ। कपुरले शाहरुख खानलाई आफ्नो चर्चित कार्यक्रम ‘फौजी’मा ‘ब्रेक’ दिँदै बलिउडमा भित्र्याएका थिए। कपुर सन् १९८८ को चर्चित कार्यक्रम ‘फौजी’का निर्देशक निर्देशक पनि हुन्।

उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी छन्। ऋतंभराले दिएको जानकारी अनुसार कपुरको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरिएको छ। ऋतंभराले आफ्नो पोष्टमा लेखिन्, ‘मेरो बुवा राजकुमार कपुरको बुधबार अबेर राती निधन भयो। उनको अन्तिम संस्कार बिहिबार दिउँसो साढे तीन बजे गरियो।’

यस्तै, फौजी म्यागजिनको आधिकारिक ट्वीटर ह्यान्डलमा पनि कपूरको निधनबारे जानकारी दिइएको छ। निर्देशनमा आउनुअघि उनी सेनामा कर्नल पदमा कार्यरत थिए। 

अवकाशपछि मुम्बइए आएका कपुरले विज्ञापन र टिभी शो बनाए। उनले ‘ह्वेन शिवा स्माइल्स’ नामको उपन्यास पनि लेखेका छन्। शाहरुखलाई ब्रेक दिएका भएपनि कहिले शाहरुखको सफलताको श्रेय लिएनन्। उनी सधैं भन्थे, ‘शाहरुखलाई मैले नभई उनका आमा–बुवाले बनाएका हुन् । मैले एक राम्रा कलाकारलाई मात्रै मौका दिएको हुँ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्