शुक्रबार, कात्तिक १४, २०८२

नेपालले पहिलो पटक इन्डोनेसियासँग भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Kumaribank
Metro Mart
काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो चरणको ओलम्पिक छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्दी इन्डोनेसियाको सामना गर्दै छ । म्यानमारमा जारी ओलम्पिक छनोटमा पहिलो खेल र दोस्रो खेल गुमाएका यि दुवै टोलीको अर्को चरणमा पुग्ने सम्भावना सकिसकेको छ। 

खेल मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ।एक-आपासमा पहिलो पटक भिड्न लागेका यि दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्। नेपालले भारत र म्यानमार दुवै टोलीसँग समान ३-१ ले हार बेहोरेको थियो भने इन्डोनेसियाले भारतसँग २-० र म्यानमारसँग ६-० को ठुलो अन्तरले पराजित भएको थियो।  

इन्डोनेसियाले प्रतियोगितामा कुनै गोल गर्न सकेको छैन।नेपाल पहिलो चरणको छनोटमा भारत, म्यानमार र बंगलादेश सम्मिलित समूहबाट छनोटको उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणको लागि छनोट भएको थियो। त्यस्तै इन्डोनेसिया जोर्डन , प्यालेस्टाईन र माल्दिभ्स सम्मिलित समूहमा उपविजेता हुँदै दोस्रो चरणको यात्रा तय गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।