मंगलबार, मंसिर २, २०८२

यस्तो छ ‘ए मेरो हजुर ३’को शिर्ष गीत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक भएको छ। ‘ए मेरो हजुर ३’ चौथो गीत युट्युव मार्फत सार्वजनिक भएको हो।

निर्माणपक्षले चलचित्र रिलिज भन्दा केही दिन अगाडि मात्र चलचित्रको शिर्ष गीतको अडियो सार्वजनिक गरेको हो। यस अगाडि सार्वजनिक भएका यस चलचित्रका तीन ओटै गीतलाई दर्शकले अत्याधिक रुचाएका छन्। गीतको चर्चाले राम्रो ब्यापार गर्ने आकलन गरिएको छ।

गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ। झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्।

चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई लगायतलाई मुख्य भूमिकामा देख्न सकिने छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्