शुक्रबार, जेठ १, २०८३

रवि ओडले बजारमा ल्याए आफ्नो पहिलो गीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – दोस्रो नेपाल आइडल बिजेता गायक रवि ओडले ‘मिठो बोलीले...’ बोलको आफ्नो पहिलो गीत बजारमा ल्याएका छन्। ओडले शुक्रबार गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन्।

कृष्ण केसीको शब्द रचना रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन्। गीतको भिडियोमा शिव बिकेको कोरियोग्राफी तथा निर्देशन रहेको छ। भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओडको अभिनय देख्न सकिन्छ।

 भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्। यस्तै भिडियोको छायाँकार रामेश्वर कार्की हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्