मंगलबार, मंसिर २, २०८२

यी हुन् कम पढेका चर्चित पाँच बलिउड नायिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – बलिउडमा केही यस्ता नायिका छन् जसले अभिनयको जादु नै देखाएका छन्। ती नायिकाका थुप्रै फ्यान फलोअर्स छन्। धेरैलाई यस्ता नायिकाको अध्ययनबारे भने जानकारी नहुन सक्छ। कतिपय ठाउँमा प्रतिभा र क्षमता भए पढाइले मात्रै अवसरबाट वन्चित गर्दैन भन्ने उदाहरण पनि हुन् यी नायिका। बलिउडकी चर्चित पाँच नायिका, कसको पढाइ कति ?
 
राखी सावन्त

कट्रोभर्सी क्विनका नामले चर्चित राखी सावन्तको वास्तविक नाम निरु भेदा हो। राखीले कलेज तहसम्म अध्ययन गरेकी छन्। राखी मुम्बई उत्तर–पश्चिम लोकसभा सिटमा निर्दलीय क्यान्डिडेटका रुपमा चुनाव लडेकी थिइन्। जसमा उनले आफ्नो शैक्षिक योग्यता अनपढ बताएकी थिइन्। उनले यस्तो किन भनेकी हुन् भन्नेबारे भने केही खुलेन।
 
अलिया भट्ट

‘राजी’, ‘गली ब्वाई’ जस्ता हिट फिल्म दिएकी आलियाले धेरै पढे लेखेकी छैनन्। फिल्म ‘स्टुडेन्ट अफ इयर’ बाट फिल्ममा डेब्यु गरेकी आलियाले स्कुल जीवनपछि फिल्मी करियर सुरु गरेकी हुन्। फिल्ममा लगातार अफर आउन थालेपछि आलियाले १२ कक्षासम्मको अध्ययन मात्र गर्न सकिन्।
 
कंगना रनौत

बलिउडमा अफ्नो दममा फिल्म हिट गराउन माहिर एक्टर कंगना रनौत १२ कक्षामा फेल भएकी थिइन्। फेल भएसँगै उनले उच्च शिक्षाको आगामी यात्रामा पूर्णविराम लगाइदिएकी थिइन्। यसपछि उनी मोडलिङका लागि दिल्ली हुँदै मुम्बई आएकी थिइन्। कंगनाले सुरुसुरुमा आफ्नो इङ्लिसका कारण निकै मजाक उडाउने गरेको कुरा पनि थुप्रै पटक सम्झिने गरेकी छन्।

सोनम कपुर

मुम्बईको आर्य विद्या मन्दिरमा १२ सम्मको पढेकी सोनम कप्रले ब्याचलरका लागि भर्ना त गरिन् तर पढाइ बीचमै छोडिदिइन्। अध्ययन बीचमै छोडेर उनले फिल्मी करिएर सुरु गरेकी हुन्। एक अन्तर्वार्तामा सोनमले १२ को अध्ययन पछि पढाइ छोडेर अभिनय यात्रा सुरु गरेको बताएकी थिइन्।
 
करिश्मा कपुर

करिश्मा कपुरको पढाई झनै कम छ। उनी पाँच कक्षा पास मात्र भएकी छन्। छ कक्षामा पढ्दै गर्दा उनले पढाइ छोडेर आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्। करिश्मा ९० को दशककी सफल अभिनेत्रीमध्येकी एक हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्