सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • दुर्घटनाका घाइतेको अस्पतालमा मृत्यु भएपछि तनाव, उपचारमा लापरवाही भएको भन्दै आफन्तले बुझेनन् शव

दुर्घटनाका घाइतेको अस्पतालमा मृत्यु भएपछि तनाव, उपचारमा लापरवाही भएको भन्दै आफन्तले बुझेनन् शव

दुर्घटनामा परेर मृत्यु भएका विराटनगरका एक पुरुषको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

विराटनगर– दुर्घटनामा परेर मृत्यु भएका विराटनगरका एक पुरुषको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन्। 

National life

रंगेली–विराटनगर सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–७ मा ट्रकको ठक्करबाट विहीबार राति ५५ वर्षीय जनक बस्नेतको मृत्यु भएको थियो। पूर्वबाट उत्तरतर्फ मोडिदै गरेको ना ७ ख ३१३ नम्बरको ट्रकको ठक्करबाट विराटनगर–७ का बस्नेतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

दिउँसो २ बजेतिर भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति ९ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालक काभ्रे घर भएका २८ वर्षीय दीपक श्रेष्ठलाई नियन्त्रणमा लिइसकेको छ।  

ट्रकको ठक्करबाट देव्रे खुट्टा भाँचिएका बस्नेतको उपचारमा लापरबाही गरिएको भन्दै परिवारका सदस्य र आफन्तले मृतकको शव बुझ्न मानिरहेका छैनन्। शव अहिले गोल्डेन अस्पतालमै छ। घाइतेलाई आवश्यक पर्ने रगत डाक्टरले ढिलो मागेको र उपचारमा लापरबाही गरिएको भन्दै शव बुझ्न आफन्त र परिवारका सदस्यले नमानेका हुन्।

उनीहरुले विहीबार राति अस्पतालमा केहीबेर होहल्ला पनि गरेका थिए। गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले चिकित्सकले समयमै रगत मागेको भए पनि ढिलो ल्याइएका कारण घाइतेलाई बचाउन नसकिएको बताए। आवश्यक पर्ने रगत ल्याउनै तीन घण्टा ढिलो भएपछि शरीरमा रगतको मात्रा कम भएर घाइतेको मृत्यु भएको अस्पतालको दाबी छ।

Shivam cement

प्रकाशित: Aug 20, 2021| 12:58 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।