शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ओलीको पकड रहेको लुम्बिनीमा कित्ता क्लियर गर्न नेताहरू हिचकिचाए

ओलीको पकड रहेको लुम्बिनीमा कित्ता क्लियर गर्न नेताहरू हिचकिचाए

दोस्रो पुुस्ताका नेता तटस्थ बसेपछि लुम्बिनी प्रदेशमा माधव कुमार नेपाल पक्षमा नेताहरु खुुल्न सकेका छैनन्। एमाले विभाजनपछि पनि नेपाल पक्षका नेताहरु ‘पर्ख र हेर’ को अवस्थामा छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, भदौ ४, २०७८

बुटवल– दोस्रो पुुस्ताका नेता तटस्थ बसेपछि लुम्बिनी प्रदेशमा माधव कुमार नेपाल पक्षमा नेताहरु खुुल्न सकेका छैनन्। एमाले विभाजनपछि पनि नेपाल पक्षका नेताहरु ‘पर्ख र हेर’ को अवस्थामा छन्।

National life

यसअघि माधव कुमार नेपाल पक्षमा खुलेका प्रदेशसभा सदस्य तथा नेताहरु औपचारिक रुपमा पार्टी विभाजन भए पनि कुुन पक्षमा लाग्ने स्पष्ट भइसकेका छैनन्। ओली समूहको पकड रहेको लुम्बिनीमा यसअघि माधव नेपाललाई साथ दिएका केन्द्रीय नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, ठाकुर गैरै लगायका नेताहरु तटस्थ बसेपछि प्रदेश र जिल्लाका नेताहरु समेत ‘पर्ख र हेर’ को अवस्थामा पुुगेका हुन्। 

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगिसकेको छ। तर, दोस्रो तहका भनिएका लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, ठाकुर गैरै पार्टी एकताका लागि भन्दै तटस्थ बसेका छन्। ‘दोस्रो तहका नेताहरु पार्टी एकताका लागि लागिरहनुुभएको छ,’ माधव कुमार नेपाल पक्षमा खुुलेकी प्रदेशसभा सदस्य रमा घर्ती मगरले भनिन्, ‘पार्टी विभाजनले कसैलाई फाइदा गर्दैन, सकेसम्म फुट्न हुँदैन।’ 

एमाले अध्यक्ष ओलीको कदम गलत भएको बताउँदै सकेसम्म पार्टी एकताको पक्षमा रहेकाले अहिले तत्तकाल को कता भनेर कित्ताकाट गर्न नहुने उनको भनाइ छ। ‘अहिले नै को कता भनेर भन्नुपर्ने कुुनै कारण छैन, केही दिनमा कता लाग्ने क्लियर हुन्छ,’ उनले भनिन्। 

लुम्बिनी प्रदेशसभामा ओलीको पकड छ। तर, यसअघि नेपाल पक्षमा खुलेका कपिलवस्तु निर्वाचन क्षेत्र न. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य विष्णुु पन्थी दोस्रो तहका नेता नखुलेकाले मौन बसेका छन्।  नेपाल पक्ष भएकै कारण प्रदेश सरकार र सरकारका संरचनामा पन्थीले अवसर पाएका थिएनन्। उनी लुम्बिनीका दोस्रो तहका नेताहरु पार्टी एकताको पक्षमा लागेको भन्दै केही दिनमै स्पष्ट हुने बताउँछन्। 

Laxmi sunrise bank
kumari

लुम्बिनीमा तल्लो तहका कार्यकर्ता माधव नेपालकै पक्षमा रहेको समानान्तर कमिटी रुपन्देहीका अध्यक्ष राजुु गुरुङको भनाइ छ। ओलीले पार्टी एकता जोगाउनका लागि आफूले गरेको गल्ती स्वीकार पनि नगर्ने र सर्वोच्चको आदेश अनुसार जेठ २ मा पनि नफर्किएकै कारण अलग हुनुपरेको उनले बताए। 

‘लुम्बिनीमा नेपाल पक्षमा कति छन् भन्ने कुरा केही दिनमै थाहा हुन्छ,’ नेपाल पक्षको नेकपा एमाले रुपन्देहीका उपसचिव सिद्धिचरण भट्टराईले भने, ‘पार्टी विभाजन ओलीविरुद्धको विद्रोह हो, त्यसले सफलता पायो।’ उनले दोस्रो तहका नेताहरुले सकभर पार्टी बचाउन खोजेको तर, त्यो सम्भावना नभएकाले माधव नेपालसँगै फर्किने विश्वास व्यक्त गरे। ‘पार्टीको एकता विरोधमा हामी छैनौं, ओली प्रवृत्तिको विरुद्ध अलग हुनुपरेको हो,’ नेता भट्टराईले भने। 

लुम्बिनीका ओली विरुद्ध निरन्तर खनिने नेताहरु मौन बसेपछि नेपाल पक्ष अहिले कमजोर देखिएको हो। त्यसो त लुम्बिनीका मेटमणि चौधरी, वेदुराम भुसाल, रामकुमारी झाँक्री, टिकाराम खड्का, डा. विजय पौडेल भने नयाँ पार्टीमा खुलेका छन्। 

सूूर्य चिन्हको पछि लाग्ने कि विचारको 

ओली पक्षको राम्रो पकड भएको लुम्बिनीमा नेपाल पक्ष कमजोर हुनुलाई त्यति नौलो मानिँदैन। तर, एमालेका केही नेताहरुमा भने चुनाव चिन्ह सूूर्यका कारण माधव नेपाललाई साथ दिन सकस परेको देखिएको छ। एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोम प्रसाद पाण्डे र ठाकुर गैरेमा चुनाव चिन्ह सूूर्यको मोह देखिन्छ।

जनाधार समेत रहेका यी नेताहरुले आगामी चुनाव जित्न नयाँ पार्टीमा जाँदा चुनाव चिन्हले पनि ठूूलो अर्थ राख्ने भएकाले सकभर पार्टी एकता जोगाउने पक्षमा लागिपरेको एक नेताले बताए। ‘यी नेताहरुले चुनाव चिन्ह भन्दा पनि विचारलाई प्रधानता दिनेबित्तिकै गन्तव्य तय हुन्छ,’ ती नेताले भने। 

लुम्बिनीमा सूूर्य चिन्हको मोहले मात्रै ओलीसँग बस्नुपरेको नेताहरुले बताउने गरेका छन्। एमालेका ३८ जना सांसदमध्ये २ जना हृदयेश त्रिपाठी समूहबाट सूूर्य चुनाव चिन्हबाट जितेका सांसद छन्। त्यसबाहेक एक जना विमला कुमारी वलीले नेकपा माओवादी रोजेकी छन्। अहिले नेकपा एमालेसँग रहेका ३५ सांसदमध्ये कम्तीमा ६ जना सांसद नेपाल पक्षमा रहेको ती नेताको दावी छ। 

अहिले तटस्थ बसेका नेताहरुले ओली जेठ २ मा फर्कन चाहेको भए उहिल्यै पार्टी एकता जोगिने बताउँछन्। माधव नेपाल पक्ष मानिने नेता ठाकुर गैरेले अहिले माधव नेपालको पक्षमा नलाग्दैमा ओलीमा लागे भन्ने कुरा गलत भएको बताए। ‘हामी विभाजनअघि जे विषयको लडाइँमा थियौं, त्यसैमा अडिग छौं,’ नेता गैरैले भने, ‘हामी ओली प्रवृत्तिका विरुद्धमा छौं।’ उनले पार्टी विभाजन गलत भएको बताउँदै पार्टी एकताकै लागि हतार नगरेको बताए। 

१० बुँदे सहमतिको कार्यान्वयन र सांसद तथा नेताहरुमाथिको कारवाही फुकुवा गरेर पार्टी जोगाउन लागिपरेको उनको भनाइ छ। ‘हामी नेताहरुको विभाजन रोक्न लागिपरेका छौं, केही दिनमै पार्टी एकता हुन्छ कि अलग भन्ने तय हुन्छ, त्यसैको आधारमा हामीले पनि आफ्नो गन्तव्य तय गर्छौैं,’ गैरेले भने। 

नेकपा एमाले ओली समूहले भने आफूहरु लुम्बिनीमा बलियो अवस्थामा रहेको बताएको छ। एमाले लुम्बिनी प्रदेशका अध्यक्ष पूर्वमन्त्री लिला गिरीले पार्टी विभाजनको पक्षमा कार्यकर्ताहरु नभएको बताए। ‘२०५४ सालमा पार्टी विभाजन हुँदा पनि कार्यकर्ता मूलधारमै बसे, अहिले त विना आधार नेताको स्वार्थले पार्टीबाट केहि साथीहरु अलग हुनुुभएको हो,’ उनले भने, ‘लुम्बिनीमा पार्टी विभाजनले कुनै असर पार्दैन।’

प्रकाशित: Aug 20, 2021| 12:15 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।