मंगलबार, मंसिर २, २०८२

सहने बानी परिसक्यो, अविचलित समाजसेवा गरिरहने छु : अन्जु पन्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – बुधबार एउटा तस्बिर बाहिरिएसँगै गायिका अन्जु पन्त विवादमा तानिएकी छिन्। हिन्दु धर्म त्यागेपश्चात बेलाबेला विवादमा तानिदै आएकी गायिका पन्त बाइबल बोकेर बारा जिल्ला जाँदै छिन् लेख्दै पोस्ट गरिएको तस्बिरका कारण विवादमा परेकी हुन्। 

जुन तस्बिरमा पन्तलाई एउटा गाडिमा केही सामान लोड गरिएको र केही पुस्तकहरुको साथमा देख्न सकिन्छ । तर, तर उक्त फोटो पुरानो र अर्कै प्रसंगको भएको तथ्य बाहिरिएको छ। उक्त तस्बिरलाई सेयर गरेर केहीले आफ्नो बदनाम गर्न खोजेको भन्दै गायिका पन्तले दुःख ब्यक्त गरेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेर उनले यस घटनाले आफूलाई दुःखी तुल्याएको कुरा ब्यक्त गरेकी हुन्। 

उनले स्ट्याटसमा लेखेशी छन्, ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् गत डिसेम्बर महिनामा बारा जिल्लामा भएको स्कुलका बालबालिकाहरूलाई स्कुल ब्याग तथा कापीकलम बितरण गर्न बारामा गएको बेलाको फोटो प्रयोग गरेर अहिले बाइबल बाँड्न गएको भनेर ममाथि मिथ्या आरोप लगाउने काम भयो। बेलाबेलामा ममाथि यस्ता आरोपहरू लागिरहन्छन्। मलाई सहने बानी परिसकेको छ। म अविचलित समाजसेवामा लागिरहने छु।’

‘आँधीहुरी प्रभावित क्षेत्रमा त्रिपाल, झुल, म्याट लगायतका करिब २ लाखको सहयोग तत्काल बारामा पठाउँदै छौँ’, उनले लेखेकी छन्, ‘बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने कामको तयारी पनि हुँदैछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्