मंगलबार, साउन १९, २०८३

अपांग छोरीको अपहरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – पत्रकार बिन्दुकुमार चौहानकी छोरी ममता चौहानको अपहरण भएको छ। १८ वर्षीय ममता पूर्ण रुपमा अपांग हुन्। उनलाई मंगलबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका १० मुगलाहस्थित  घरबाटै करिब १२ बजेतिर अपहरण गरिएको हो।

प्रहरी र आफन्तको खोजतलासीको क्रममा उनी लुम्बिनी तौलीहवा सडकखण्डको दक्षिणी क्षेत्रमा रहेको गहुँको खेतमा बुधबार बिहान ९ बजे फेला परेकी छन्। ममताका बुबा विन्दुले उनलाई गहुँको खेतमा लडीरहेको अवस्थामा फेला पारेको बताए। 'उनी राती १२ बजेसम्म सुतिरहेकी थिइन्। बोल्न नसक्ने, हिँडडुल गर्न नसक्ने मान्छे बिहान हेर्दा थिइनन् त्यसपछि हामीले प्रहरीलाई खबर गर्याैं', विन्दुले भने।

रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले घटनाको विषयमा जानकारी पाउनासाथ आफु घटनास्थल पुगेर अनुसन्धान थालेको बताए। उनले भने, ‘बोल्न नसक्ने पूर्णरुपले अशक्त ममताको अपहरणमा संलग्नलाई हामी छिट्टै पक्राउ गर्छौं। ’

ममतालाई स्वास्थ्य चेकजाँचको लागि अहिले प्रादेशीक अस्पताल बुटवल लगिएको छ। 

यता प्रहरीले शंकास्पद मान्छेहरुमाथि निगरानी बढाएको छ।

पत्रकार चौहान भ्रष्टाचार र वेथितिकोविरुद्ध विगत ३ दशक देखी पत्रकारिता मार्फत रुपन्देहीमा क्रियासील रहेका छन्। पछिल्लो समय उनले गोरु तस्करीको सम्बन्धमा निरन्तर समाचार लेख्दै आएका थिए। उनलाई गोरु तस्करहरुले समाचार लेखेमा परिवार वा उनलाई नै ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

यसैबीच नेपाल पत्रकार महासंघ रुपन्देहीले एक विज्ञप्ती प्रकाशित गरी पत्रकार विन्दु चौहानको छोरीको अपहरणमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। महासंघका अध्यक्ष यानेन्द्र जिसी र सचिव रामप्रसाद आचार्यद्वारा हस्ताक्षरित  विज्ञप्तीमा समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की, अपहरण तथा परिवारमाथि तनाव दिने कार्य गम्भिर भएकोले स्थानीय प्रशासनलाई तत्काल दोषी पत्ता लगाउन आग्रह गरिएको छ।

त्यसैगरी लुम्बिनी प्रेस क्लबले पनि पत्रकार चौहानको छोरीको अपहरणको घोर भत्र्सना गर्दै अपहरणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ। क्लबका अध्यक्ष दिपेश पछाईद्वारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकार तथा उनको परिवारको सुरक्षामा ध्यान दिन विशेष माग गरिएको छ। क्लबले समाचारको विषयलाई लिएर परिवारको सदस्य अपहरण गर्ने कार्य निन्दनीय भएको समेत उल्लेख गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।