मंगलबार, साउन १९, २०८३

केपिएलका लागि ‘चन्दा’ मागेर क्रिकेट मैदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत–आगामी बैशाखदेखि सुर्खेतमा हुने कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेट प्रतियोगिताको लागि चन्दा मागेर क्रिकेट मैदान निर्माण थालिएको छ। खेल मैदानको अभावमा आयोजकले सहयोगदाताहरुबाट चन्दा उठाएर क्रिकेट मैदान निर्माण गर्न थालेको हो।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले प्रतियोगिता सञ्चालनका लागि वीरेन्द्रनगरस्थित कालुङचोक खेलमैदानलाई थप मर्मत सुधार गर्न जुटेको छ। एकेडेमीले अहिले तत्काल ६ लाखको लागतमा मर्मत सुधार गर्न लागेको एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। ‘छोटो समय भएकाले तत्काल एक लाखको तयारी गरी खेलमैदान निर्माणमा जुटेका छौं।’ उनले भने, ‘निर्माण थालेको छ दिन भयो, करिव ६ लाख लाग्ने अनुमान छ।’खेलमैदान अभावकै कारणले प्रदेशमा प्रतियोगिता सञ्चालन गर्नसमेत समस्या हुँदै आएको अध्यक्ष शाहीको भनाइ छ।

यता कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीले भने क्रिकेट क्षेत्रलाई प्रदेश र स्थानीय सरकारले उपेक्षा गरेको बताउँछन्। ‘केपीएल’ कर्णालीको प्रतिष्ठासँग जोडिएको छ।’, उनले भने, ‘खेल मैदान बनाइदिन हामीले पटक–पटक आग्रह गर्‍यौं तर, प्रदेश र स्थानीय सरकारले कुरा सुनेनन्।’ सरकारको सहयोग नपाएपछि प्रयोजकहरुको भरमा प्रतियोगिता सञ्चालन हुन थालेको उनको भनाइ छ।

त्यस्तै, जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीले पनि मैदान अभावकै कारण विगतदेखि नै जिल्लास्तरीय प्रतियोगिताहरुसमेत सञ्चालनमा समस्या आउने गरेको बताए। ‘मैदानको अभावमा खेलाडीहरूलाई अभ्यास र प्रशिक्षण गर्न समस्या छ।’, केसीले भने, ‘खेल मैदान बनाइदिन गरेको आग्रह प्रदेश सरकारले सुन्दैन।’

सरकारी वेवास्ताकै कारण सुर्खेतले एक करोड गुमाएको छ। यसअघि क्रिकेट मैदान निर्माणका लागि जग्गा नहुँदा एक करोड गुमाएको हो। सुर्खेत उपत्यका नगर विकास समितिले क्रिकेट मैदानकै लागि जग्गा उपलब्ध गराउन नसक्दा केन्द्र सरकारले पठाएको एक करोड रुपैयाँ फ्रिज गएको संघका अध्यक्ष केसीले जनाकारी दिए। 

यता प्रदेश सरकारले भने क्रिकेटका लागि बजेट नछुट्याएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानवहादुर विकेले बताए। मन्त्रालयले खेलकुदको विकास छुट्याएको ५० लाख भने केही समय अघि भएको ‘मुख्यमन्त्री रनिङ शिल्ड’ प्रतियोगितामा सकिएको जानकारी दिए।

बैशाख १२ देखि केपिएल

सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण आगामी बैशाख १२ गतेदेखि सञ्चालन हुने भएको छ। आयोजक कर्णाली क्रिकेट एकेडेमीका अनुसार बैशाख १२ देखि २१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा तीनवटा विभागीय टोलिसहित ८ टिमको सहभागिता रहने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।