मंगलबार, साउन १९, २०८३

विकास परिषदको बैठक सुरु, के गर्छ बैठकले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय विकास परिषदको बैठक काठमाडौंमा सुरु भएको छ । योजना आयोगले तयार पारेको पन्ध्रौं आवधिक योजनाबारे छलफल गर्न परिषद्को बैठक बसेको हो ।
 
दुई दिन चल्ने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडो, रुद्राक्ष र बोधिचित्तको बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । बैठकमा मन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सांसद्हरु सहभागी छन् ।

यस्तै योजना आयोगका अध्यक्ष, सदस्य, गभर्नर प्रदेश सरकारका योजना हेर्ने निकायहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी भएका छन् । बैठकमा पन्ध्रौ आवधिक योजनाको मस्यौदाको आधारपत्र माथि छलफल र सुझाव ग्रहण गरी आधारपत्रको अन्तिम स्वरुप दिइनेछ ।

आयोगले आगामी २५ वर्षमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्या्दित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गरेको छ । आयोगले विसं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने मार्ग्चित्रसहित सुख र समृद्धिको सिर्जना गर्न पन्ध्रौं पञ्चवर्षीय योजना तयार पारेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।